नाडाल इटालियन ओपनको सेमिफाइनलमा
शनिबार, ०४ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । साबिकको बिजेता स्पेनिस राफायल नाडाल इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको क्वाटरफाइनलमा स्पेनकै फर्नान्डो भर्डासकोलाई ६-४ र ६-० को सेटमा पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेको हो ।
अब नाडालले सेमिफाइनलमा स्टेफानोस स्टिपाससंग खेल्ने छन् ।
स्विस खेलाडी रोजर फेडेररले क्वाटरफाइनलबाट नाम फिर्ता लिएपछि स्टेफानोस सेमिफाइनलमा पुगेका हुन् । दाँया खुट्टामा चोट बोकेपछि फेडेररले क्वाटरफाइनल खेलबाट नाम फिर्ता लिएका हुन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


