विश्व नम्बर एक ओसाका इटालियन ओपनबाट बाहिर
शुक्रबार, ०३ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक जापानकी नोआमी ओसाका इटालियन ओपन टेनिसबाट बाहिरिएकी छिन् ।
चोटको कारण देखाउँदै क्वाटरफाइनल खेल त्यागेपछि ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
ओसाकाले शुक्रबार क्वाटरफाइनलमा किकि बेर्टेन्ससंग प्रतिस्पर्धा गर्ने तालिका रहेको थियो । तर, दायाँ हातको कुमको चोटको कारण ओसाकाले क्वाटरफाइनल खेलबाट नाम फिर्ता लिएकी थिईन् ।
ओसाकाले नाम फिर्ता लिएपछि बेर्टेन्सले सेमिफाइनलमा स्थान बनाएकी छिन् ।
२१ वर्षे ओसाकाले यसै वर्षको अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिईन् ।








-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)

