शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

कान्तिपुर हाफ म्याराथन जेठ ११ गते

शुक्रबार, ०३ जेठ २०७६खेलपाटी संवाददाता
कान्तिपुर हाफ म्याराथन जेठ ११ गते
mustang rice ad

काठमाडौं । नवौं संस्करणको कान्तिपुर हाफ म्याराथन अर्को साता आयोजना हुने भएको छ । आयोजक कान्तिपुर पब्लिकेशन्स प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै आठौं संस्करणको हाफ म्याराथन जेठ ११ गते हुने जानकारी गराएको छ ।

नेपाल एथ्लेटिक्स सघंको प्राविधिक सहयोगमा हुने हाफ म्याराथन २१ दशमलब १ किलोमिटरको हुनेछ । हाफ म्याराथनसंगै ३ किमिको ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट–मिडिया दौड समेत हुने आयोजकले जनाएको छ ।

हाफ म्यारथन, ह्विल चेयर र कर्पोरेट–मिडिया गरी करिब ३ हजार महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने प्रतियोगिता संयोजक बिक्रम जंग थापाले जानकारी गराए ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा हुने हाफ म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले हिरोको डुएट स्कुटरसहित समान ५० – ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । गत बर्ष हरी कुमार रिमाल र कान्छीमाया कोजुले उपाधि जितेका थिए ।

यस्तै उपविजेताले ३० – ३० हजार र तेस्रो हुनेले समान २० – २० हजार प्राप्त गर्ने छन् । यस्तै चौथोले १० – १०, पाँचौले ५ – ५ हजार प्राप्त गर्दा छैटौं हुनेले समान ३ – ३ हजार प्राप्त गर्ने छन् । 

हाफ म्याराथन कान्तिपुर पब्लिकेशन थापाथलीबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर,जडीबुटी, गट्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर पुन: कोटेश्वर, तिनकुने, बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर हुँदै कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।

ह्विल चेयरतर्फको महिला र पुरुष विजेताले २० – २० हजार, उपविजेताले १० – १० हजार र तेस्रो हुनेले समान ५ – ५ हजार प्राप्त गर्ने छन् । ह्विल चेयर दौड कान्तिपुर पब्लिकेशन थापाथलीबाट सुरु भई माइतीघर मण्डला घुमेर पुन कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।

कर्पोरेट–मिडिया दौड कान्तिपुर पब्लिकेशन थापाथलीबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर हुँदै सिभिल हस्पिटल पुगेर पुन त्यहिँ बाटो फर्केर कान्तिपुर पब्लिकेशन थापाथली आएर टुंगिने छ ।

कर्पोरेट–मिडियातर्फको विजेताले थाइल्याण्डको बैककको ३ रात ४ दिनको प्याकेज प्राप्त गर्दा उपविजेताले २ रात ३ दिनको प्याकेज पाउने छन् । तेस्रोले माउन्टेन फ्लाइटको टिकट प्राप्त गर्ने छन् ।

हाफ म्याराथनमा सहभागिता जनाउन जेठ ८ गतेभित्र कान्तिपुर पब्लिकेशन आएर नाम दर्ता गराईसक्नु पर्नेछ ।

कार्यक्रममा बोल्दै कान्तिपुर पब्लिकेशनका सहायक महाप्रबन्धक महेश स्वाँरले प्रतियोगितालाई भबिष्यमा अन्तराष्ट्रिय स्तरको बनाउने बताए ।

'यस प्रतियोगितालाई हामीले अन्तराष्ट्रिय स्तरमा लैजाने तयारी गरेका छौ । निकट भविष्यमा पुरस्कार रकम वृद्धि गर्दै यसलाई अन्तराष्ट्रिय बनाउने छौं,' स्वाँरले भने ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Bajaj Pulsar Motorcycle Ad
७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित