एजेन्सी । स्पेनिस राफायल नाडाल र स्विस खेलाडी रोजर फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बिहिबार भएको खेलमा साविकको विजेता नाडालले फ्रान्सका जेर्मी चार्डीलाई ६-० र ६-१ को सेटमा पराजित गर्यो । अब नाडालले निकोलोजसंग खेल्ने छन् ।
यस्तै अर्को खेलमा फेडेररले पोर्चुगलको जोआ सौसालाई ६-४ र ६-३ को सेटमा हरायो । अब फेडेररले बोर्ना कोरीचसंग खेल्नेछ ।
महिलातर्फ बेलायतकी जोहाना कोन्टाले चौथो चरणमा स्थान बनाएकी छिन् । कोन्टाले अमेरिकी भेनस विलियम्सलाई ६-२ र ६-४ को सेटमा पराजित गरिन् ।