एजेन्सी । फिफा विश्वकप फुटबल खेल्न रुस पुगेका नाइजेरियाका कप्तान जोन मिकेल ओबीका बुबा अपहरणमा परेको खुलासा भएको छ ।
विश्वकपको समूह चरण अन्तर्गत अर्जेन्टिना र नाइजेरियाबीचको खेलअघि कप्तान ओबीमा बुबा अपहरणमा परेको खुलासा भएको हो । तर, प्रहरीले ओबीका बुबा माइकल ओबीलाई अपहरणकारीबाट सकुशल रिहा गर्न सफल भएको अन्तर्राष्ट्रिय समचार संस्था सिएननले जनाएको छ ।
आफ्ना बुबालाई सकुशल रिहा गरेपछि कप्तान ओबीले सोसियल साइडबाट प्रहरीलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, 'मेरो बुबालाई सकुशल घर फर्काउन सफल प्रहरी अधिकारीहरुलाई धेरै धेरै धन्यवाद । उहाँ अहिले परिवारमा घुलमिल गर्दै हुनुहुन्छ । हामीलाई साथ दिनुहुने सम्पूर्णमा आभारी छु ।'
कप्तान ओबीका बुबा अपहरणमा परेपछिको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २ – १ ले हराएको थियो । उक्त जितले अर्जेन्टिना प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो । नाइजेरिया भने समूह चरणबाट बाहिरिएको थियो ।
बुबाको अपहरण गरेपछि अपहरणकारीले फिरौतीवापत कप्तान ओबीलाई १० मिलियन नाइजेरियन रकम मागेका थिए ।