जोकोभिकलाई मड्रिड ओपनको उपाधि
सोमबार, ३० बैशाख २०७६खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिकले मड्रिड ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा ग्रिसका स्टेफानोस सिस्टिपासलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।
मड्रिडमा भएको फाइनलमा ३१ बर्षीय जोकोभिकले स्टेफानोसलाई ६-३ र ६-४ को सेटमा पराजित गरे । योसंगै जोकोभिकले तेस्रो पटक मड्रिड ओपनको उपाधि जित्न सफल भएका छन् ।
मड्रिड ओपनको उपाधिसंगै जोकोभिकले ३३ औं मास्टर्स उपाधि र करियरको १००० औं उपाधि जित्न सफल भए ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


