एजेन्सी । स्पेनिस स्टार राफेल नाडाल मड्रिड ओपन टेसिनको सेमिफाईनलमा पराजित भएका छन् । शनिबार राति भएको खेलमा दोस्रो वरियताका नाडाल २० बर्षका ग्रिक खेलाडी स्टेफनोस सिस्टिपाससंग स्तब्ध भएका हुन् ।
नाडालमाथि आठौं वरियताका स्टेफनोसले ६–४, २–६ र ६–३ को सेटमा जित निकाले ।
स्टेफनोसले उपाधिका लागि विश्व वरियताका नोभाक जोकोभिचसंग खेल्न सक्नेछन् ।
करिब दुई हप्ता पछाडी सुरु हुने पेरिस ओपनको अगाडी नाडालले हार ब्यहोरेका हुन् ।
स्टेफनोसले पछिल्लो समयमा विश्व टेनिसमा प्रभावशाली प्रर्दशन गर्दै आएका छन् । उनले पछिल्लो समय अष्ट्रेलियन ओपनमा रोजर फेडररालाई समेत हराएका थिए ।
'यो मेरोलागि विश्व जिते सरह हो । यसरी खेल्न पाउनु निकै राम्रो हो । यो अविश्वसनीय अनुभव हो ।' उनले भने ।
'मैले मानसिक रुपमा आफुलाई अनुशासनमा राखे । त्यो निकै कडा र निर्णायक थिए । मैले सबै अवसर पाएका थिए । किनभने राफा एक लडाकु हुन्, उनी तिमीलाई धेरै अंक दिदैनन् ।' उनले थपे ।
स्टेफनोसले गत बर्षकाे अगस्टमा रोजर कपमा नोभाक जोकोभिचलाई हराएका थिए । उनले त्यही समय सर्बियन खेलाडीसंग अर्को भेटको चाहना गरेका थिए ।