एजेन्सी । मेड्रिड टेनिसको महिला एकलतर्फको उपाधि किकी बर्टन्सले जितेकी छिन् । रोमानियाकी सिमोना हालेपलाई हराउँदै बर्टन्सले उपाधि उचालेकी हुन् । हारसंगै शीर्ष वरियतामा पुग्ने हालेपको लक्ष्यमा अहिलेलाई पुर्णविराम लागेको छ ।
शीर्ष वरियताकी नावमी ओसाकालाई हराउँदै फाईनल पुगेकी हालेप उपाधि भिडन्तमा ६–४ र ६–४ को सेटमा पराजित हुन पुगिन् ।
बर्टन्सले करियरकै ठुलो सफलता हासिल गर्दा उनी विश्व वरियताको चौथो नम्बरमा चढेकी छिन् । डच खेलाडीले प्राप्त गरेको यो अहिलेसम्मै उच्च वरियता हो ।
चार पटककी ग्रान्डस्लाम विजेता हालेपलाई हराउँदै बर्टन्सले फ्रेन्च ओपनमा आफ्नो बलियो दाबेदारिता प्रस्तुत गरेकी छिन् ।
दुवै खेलाडी सर्वलाई होल्ड राख्न संघर्षरत देखिन्थे र खेलमा डच खेलाडी बर्टन्सलेनै प्रभाव जमाएकी थिईन् ।
बर्टन्स गत बर्षको मड्रिड ओपनकी उपविजेता हुन् ।