एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत प्रि- क्वाटरफाइनलको अन्तिम खेलमा अहिले कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् ।
स्पार्टक स्टेडियममा जारी खेलको दोस्रो हाफमा इंग्ल्यान्डले अग्रता बनाएको छ । खेलको ५७ औं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको हो । कोलम्बियाका सान्चेजले केनलाई पेनाल्टी एरियामा लडाएपछि इंग्ल्यान्डले पेनाल्टी पाएको हो । जसमा केनले सहजै गोल गरे । केनको यो विश्वकपमा छैटौं गोल हो ।
कोलम्बियाविरुद्धको खेल अहिलेसम्म इङ्ल्याण्डले गुमाएको छैन् । पछिल्लो पटक सन् २००५ मा कोलम्बियाविरुद्ध भएको खेल इङ्लिस टोलीले ३–२ गोल अन्तरले जितेको थियो । जसमा माईकल ओवेनले ह्याट्रिक गरेका थिए ।