एजेन्सी । स्विस खेलाडी रोजर फेडरर मड्रिड ओपन टेनिसको क्वार्टरफाईनलमा पराजित भएका छन् । शुक्रबार राति भएको खेलमा फेडेरर अष्ट्रेलियन खेलाडी डोमिनी थिमसंग पराजित हुदै क्वार्टरफाईनलबाट बाहिरिएका हुन् ।
अष्ट्रेलियाका थिमले फेडररलाई ३–६, ७–६ (१३–११) ६–४ को सेटमा पराजित गरेका हुन् ।
थिमले सेमिफाईनलमा विश्व नम्बर एक नोभाक जोकोभिचसंग उपाधि भिडन्त पक्का गरे ।
दोस्रो वरियताका राफेल नाडालले समेत सेमिफाईनलको यात्रा तय गरेका छन् । स्विर खेलाडी स्टान वावारिन्कालाई ६–१ र ६–२ को सेटमा पराजित गर्दै उनले अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।
स्पेनिस नाडाल पाँच पटकका मड्रिड च्याम्पियन हुन् । उनले क्वार्टरफाईनलमा जित निकाल्न ६८ मिनेटको समय लगाए ।
उनले फाईनल प्रवेशका लागि नवौ वरियताका उदयमान स्टार स्टेफनोस सिस्टिपाससंग खेल्नेछन् ।