एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत प्रि- क्वाटरफाइनलको अन्तिम खेलमा अहिले कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् ।
स्पार्टक स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । दुवै टोली यो खेल जित्दै अन्तिम आठमा पुग्ने लक्ष्यमा रहनेछन् ।
कोलम्बियाविरुद्धको खेल अहिलेसम्म इङ्ल्याण्डले गुमाएको छैन् । पछिल्लो पटक सन् २००५ मा कोलम्बियाविरुद्ध भएको खेल इङ्लिस टोलीले ३–२ गोल अन्तरले जितेको थियो । जसमा माईकल ओवेनले ह्याट्रिक गरेका थिए ।