एजेन्सी । विश्वकपको नकआउट चरणको अन्तिम खेलमा कोलम्बियाविरुद्ध भिड्दै गर्दा इङ्ल्याण्डको कोशिश नकआउट चरणमा आफ्नै बेग्लै इतिहास कोर्नु हुनेछ ।
विश्वकपको छनोट चरणमा उत्कृष्ट प्रर्दशन गरेको इङ्ल्याण्डले क्वार्टरफाईनलमा पुग्ने लक्ष्य राखेको छ । उसले २००६ यता विश्वकपको अन्तिम ८ मा पुग्न नसकेको तितो यथार्थ उसंगै छ ।
‘टिमका लागि एउटा सानदार अवसर प्राप्त छ । यस भन्दा अगाडीको भन्दा हामीसंग अनुभवी टिमको साथ छ । आफ्नो बेग्लै कथा लेख्न अवसर टोलीलाई प्राप्त छ ।’ इङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले भने ।
उपाधिका बलिया दाबेदार जर्मनी, स्पेन र अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैले पनि प्रशिक्षक साउथगेटले टिमलाई अगाडी बढाउने सम्भावनाको मापन गरेर बसेका छन् ।
कोलम्बियालाई ठुलो चिन्ता आफ्ना स्टार खेलाडी जेम्स रोड्रिग्वेजको छ । उनले खेल्ने÷नखेल्ने बिषयमा अझै एकिन भईसकेको छैन् । २६ बर्षिया स्टार खेलाडीले समूह चरणमा सेनेगलविरुद्धको खेलमा चोट बोकेका थिए ।
कोलम्बियन प्लेमेकर शुक्रबार र शनिबारको अभ्यास शत्रमा समेत सहभागी भएनन् । तर कोलम्बियन प्रशिक्षकले रोड्रिग्वेज अन्तिम समयमा टोलीमा उपलब्ध हुने बताउछन् ।
‘मेडिकल परिक्षणपछि हामीसंग सुखद समाचार छ । उनको चोटनै गम्भिर छैन् । हामीसंग अझै केही समय बाँकी छ । हामीलाई आश छ उनी पक्कै खेलमा फर्कने छन् ।’ उनले भने ।
सन् २०१४ को विश्वकपका गोल्डेन बुट जितेका रोड्रिग्वेजको विकल्पमा सेभिल्लाका स्ट्राईकर लुईस मुरियलले टिममा स्थान बनाउने छन् ।
इङ्ल्याण्डले मिडफिल्डर डेन अलिको चोट मुक्त हुदै मैदान फर्किने अपेक्षा गरेको छ ।
कोलम्बियाविरुद्धको खेल अहिलेसम्म इङ्ल्याण्डले गुमाएको छैन् । पछिल्लो पटक सन् २००५ मा कोलम्बियाविरुद्ध भएको खेल इङ्लिस टोलीले ३–२ गोल अन्तरले जितेको थियो । जसमा माईकल ओवेनले ह्याट्रिक गरेका थिए ।
इङ्ल्याण्डविरुद्ध मैदान उत्रदा कोलम्बियाको नजर पहिलो जित निकाल्नु हुनेछ । कोलम्बियालाई इङ्लिस टोलीलाई हराउन नसकेको पीडा समेत छ । त्यसैले इङ्ल्याण्डविरुद्ध जित निकाल्न आज कोलम्बियाले आफ्नो सम्पूर्ण शक्ति खर्चने छन् ।