एजेन्सी । प्रि क्वार्टरफाईनलमा भिड्न लागेका स्विडेन र स्विजरल्याण्डको अगाडी एक ठुलो अवसर प्राप्त छ । सो अवसरबारे दुवै टोली जानकार छन् ।
नकआउट चरणको प्रवेशले दुवै टोलीमा आत्मविश्वास भरिएको छ । दुवै टोली अब अन्तिम ८ प्रवेशका लागि कोशिश गर्नेछन् । त्यसका लागि दुवै टोली सक्षम समेत छन् ।
२४ बर्षपछि स्विडेनले आफुलाई विश्वकपको अन्तिम ८ को नजिक पाएको छ । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा स्विडेनले तेस्रो स्थान हात पारेको थियो । यता, सन् १९५४ को विश्वकपको आयोजना गरेको स्विजरल्याण्डले त्यसयता विश्वकपको अन्तिम ८ मा स्थान बनाउन सकेको छैन् ।
तर,रुसी विश्वकप दुवै टोलीकालागि सुखद रह्यो । स्विडेनले समुह चरणमा मेक्सिककोमाथी सानदार जित दर्ता गर्यो । स्विजरल्याण्डले सर्वियालाई नाटकिय रुपमा हराउदै अन्तिम १६ को यात्रा तय गर्यो ।
विश्व वरियताको छैटौ स्थानमा रहेको स्विजरल्याण्डले पछिलला २५ खेलमा मात्र एक खेल गुमाएको छ । स्विस प्रशिक्षक भ्यादमिर पेटकोभिक भन्छन्, ‘यो कुनै संयोगले आएको कुरा होईन, हामीले त्यसका लागि पछिल्ला केही महिनामा निकै मेहनत गरेका छौ ।’
खेलाडीको निलम्बनले खेलमा मुख्य भुमिका खेल्न सक्छ । स्विस टोलीले मुख्य डिफेन्डर फाबियन सयर र कप्तान स्टेफन लिचस्टीनरलाई गुमाउनेछन् । यता सर्वियाली टोलीलाई जेन एन्डरसनको अभाव खट्किनेछ ।