काठमाडौं । निक रास्त्रुप सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको क्वाटरफाइनलमा साविक विजेता जितेन्द्र परियारलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै निक सेमिफाइनलमा पुगेका हुन् ।
अन्य क्वाटरफाइनलमा प्रदीप खड्काले नवीन मगरलाई ६–१ र ६–२, प्रणव खनालले सम्यकभूषण वज्राचार्यलाई ६–२ र ६–१ तथा आइभन हो लिसानेविचले सन्तोष खत्रीलाई ६–० र ६–३ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
महिला सिंगल्समा प्रेरणा कोइरालाले शर्वानी श्रेष्ठलाई ६–२ र ६–१ को सेटमा पराजित गरिन् । यस्तै गंगा शर्माले इन्द्रकला श्रेष्ठलाई ६–० र ६–३, आइरा रावतले इशाश्री शाहलाई ६–२ र ६–० तथा अश्लोषा लिसानेविचले अभिलाषा विष्टलाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे ।
मिक्स डबल्समा प्रणव खनाल र अभिलाषा विष्टको जोडीले शर्वानी श्रेष्ठ र राजकुमार लामाको जोडीलाई ६–१ र ६–४ तथा सन्तोष खत्री र गंगा शर्माको जोडीले नवीन मगर र रोमिका बुद्धचार्यको जोडीलाई ६–१ र ७–५ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे ।
पुरुष ६५ वर्षमाथि सिंगल्समा गौतमलाल प्रधानले अशोक शाक्यलाई ४–० र ४–२ तथा सेतेन नोर्केलले अशोक वज्राचार्यलाई ४–० र ४–१ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए ।
पुरुष ३५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारीले रञ्जन श्रेष्ठलाई ६–० र ६–०, राजु श्रेष्ठले ईश्वर जिसीलाई ७–५ र ६–२, छेवाङ लामाले आत्माराम कार्कीलाई ६–१ र ६–३ तथा महेश श्रेष्ठले भीष्मजंग गुरुङलाई ६–४, ६–७ र १०–५ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
पुरुष ५५ वर्षमाथि डबल्समा कमल थापा र छ्याम्बा धोन्डुप, समिर शेरचन र राजु गुरुङ, करिम मुल्लाह मुस्लिम र कर्मा घले तथा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी सेमिफाइनलमा पुग्न सफल भए । पुरुष ४५ वर्षमाथि डबल्समा विमलकुमार गुरुङ र हिमाल शाह, आशिष सिग्देल र उत्तमकुमार शेर्पा, संग्रामसिंह लामा र मधु परियार तथा गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडी क्वाटरफाइनलमा पुगे ।
पुरुष ४५ वर्षमाथि सिंगल्समा राजु श्रेष्ठ, स्कोट हेरिङगर, मनोज शाह, धरमसिंह लामिछाने, उत्तम बोगटी, राजु राई, आशिष सिग्देल र चन्द्र शाही क्वाटरफाइनलमा पुगे ।