एजेन्सी । विश्वकप फुटबल अन्तर्गत जापानविरुद्धको खेलमा बेल्जियमको उत्कृष्ट पुनरागमन गरेको छ ।
पाँच मिनेटको अन्तरमा दुई गोल फर्काउदै बेल्जियमले खेल बराबरीमा ल्याएको छ ।
दोस्रो हाफको खेल चलिरहदाँ बेल्जियम र जापानले समान २–२ गोल गरेका छन् ।
दोस्रो हाफमा ५ मिनेटको अन्तरमा दुई गोल गर्दै जापानले खेलमा अग्रता बनाएको थियो ।
खेलको ४८ औ मिनेटमा जेन्की हारागुचीले गोल गर्दै दिलाएको अग्रतालाई ५२ औ मिनेटमा ताकासी इनुईले दोब्बर बनाएका थिए ।
तर ६९ औ मिनेट जान भर्टोनगेन गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
त्यसको ५ मिनेटपछि मारोउने फेलानीले गोल गर्दै खेललाई २–२ स्थितीमा ल्याएका छन् ।
जापान पहिलो पटक क्वार्टरफाईनलमा स्थान बनाउन चाहन्छ ।