एजेन्सी । विश्वकप फुटबल अन्तर्गत बेल्जियमविरुद्धको खेलमा जापानले अप्रत्यासित अग्रता लिएको छ । दोस्रो हाफको खेल जारी रहदाँ एसियाली राष्ट्र जापानले २–० को अग्रता लिएको छ । खेलको ४८ औ मिनेटमा जेन्की हारागुचीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । ५२ औ मिनेटमा ताकासी इनुईले गोल गर्दै जापानलाई २–० को स्थितीमा पु¥याएका छन् ।
जापान विश्वकपमा पहिलो पटक सेमिफाईनल प्रवेश गर्ने लक्ष्यकासाथ मैदान उत्रिएको छ ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो ।