एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबलको प्रि - क्वाटरफाइनलमा अहिले बेल्जियम र जापानले प्रतिस्पर्धा गरिरहेका छन् ।
रोस्तोभ एरिनामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका दुवै टोलीले पहिलो हाफमा गोल गर सकेनन् ।
आज दुवै टोली जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । बिजेताले क्वाटरफाइनलमा ब्राजिलसंग खेल्ने छ ।