सिटिजन्स बैंक टेनिसको तयारी पूरा
आइतबार, बैशाख १५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा हुने सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ ।
सोमबारदेखि सुरु हुने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।
प्रतियोगितामा १ सय ३८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् । पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स र विभिन्न उमेरसमूहको भेट्रान स्पर्धासहित जम्मा १० स्पर्धामा खेल हुनेछ ।
नगद पुरस्कार राशी ४ लाख ९८ हजार ५ सय रुपैयाँ राखिएको छ । प्रतियोगिता बैशाखा २१ गतेसम्म सञ्चालन हुनेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)








