एजेन्सी । विश्वकप फुटबलमा ब्राजिलले गोलको नयाँ कीर्तिमान कायम गरेको छ ।
पाँच पटकका विश्व विजेता ब्राजिलले विश्वकप फुटबलको इतिहासमा सर्वाधिक गोल गर्ने टोलीको नयाँ कीर्तिमान कायम गरेको छ ।
विश्वकप फुटबलमा ब्राजिलको गोल संख्या २ सय २८ पुगेको छ । यसअघि जर्मनीको नाममा २ सय २६ गोलको कीर्तिमान रहेको थियो ।
रुसी विश्वकपमा मेक्सिकोविरुद्धको खेलमा गोल गर्दै ब्राजिलले कीर्तिमान कायम गर्न सफल भयो । खेलमा नेयमारले ५१ औ मिनेटमा गोल गरेका थिए ।
खेल सकिन एक मिनेट बाँकी छदाँ फिर्मिनोले गोल गरेका थिए ।