एजेन्सी । नेयमारको नायकत्वमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
विश्वकप फुटबल अन्तर्गत प्रि क्वार्टरफाईनलको खेलमा ब्राजिलले मेक्सिकोलाई हराएको हो । नेयमारले एक गोल गर्नुकासाथै थप गोलकालागि अवसर सिर्जना गरेपछि ब्राजिलले शानदार जित निकालेको हो ।
खेलको ५१ औ मिनेटमा विलियमको पासमा गोल गर्दै नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए । तर खेल सकिन एक मिनेट बाँकी छदाँ नेयमारको उत्कृष्ट पासमा सब्सीच्युड खेलाडी फिर्मिनोले दोस्रो गोल थपे । फिर्मिन्हो फिलिपे कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गरेका थिए ।
जितपछि ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । ब्राजिल लगातार सातौं पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।