एजेन्सी । नेयमारको गोलमा ब्राजिलले मेक्सिकोविरुद्धको खेलमा अग्रता लिएको छ । खेलको ५१ औ मिनेटमा उनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका छन् ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो ।
ब्राजिल समूह 'ई' को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । मेक्सिको समूह 'एफ' को उपविजेता बन्दै प्रि- क्वाटरफाइनलमा पुगेको हो ।
ब्राजिल र मेक्सिको यसअघि ४० पटक भिडेका छन् । जसमा आधा बढी खेलमा ब्राजिलले सफलता हात पारेको छ । मेक्सिकोविरुद्धको पछिल्ला ४ भेट ब्राजिलले जित निकालेको छ ।