एजेन्सी । ब्राजिल र मेक्सिकोबीचको पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको छ ।
समारा रंगशलामा पहिलो हाफको खेल सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
ब्राजिलले समुह चरणको अन्तिम खेलको टिमलाईनै मैदान उतारेको छ ।
तर नेयमार सम्मिलित ब्राजिली अग्रपङ्तीले खेलमा आक्रमण सम्हाल्न सकेको छैन् । प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।
मेक्सिकोले खेलमा ब्राजिलमाथी दबाब बढाईरहेको छ ।