नाडाल क्वाटरफाइनलमा
शुक्रबार, १३ बैशाख २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडाल बार्सिलोना ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार बिहान भएको खेलमा स्पेनकै डेभिड फेरेरलाई हराएर नाडालले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
बार्सिलोना ओपनमा ११ पटकको विजेता नाडालले फेरेरलाई ६-३ र ६-३ को सेटमा पाखा लगाए ।
अब नाडालले सेमिफाइनल प्रवेशका लागि जान लेनार्ड स्ट्रुफसंग खेल्नेछन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


