आर्मी उपाधि नजिक
मंगलबार, बैशाख १०, २०७६खेलपाटी संवाददाता

दाङ । विभागीय टोली त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
दाङको बेलझुङ्डीमा मंगलबार भएको सेमिफाइनलमा प्रदेश ३ लाई ६-० गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो ।
आर्मीको जितमा कृष्णा खत्री र शर्मिला थापाले दुई दुई गोल गरिन् । यस्तै बिमला चौधरी र इन्दिरा राईले एक एक गोल गरिन् ।
अब आर्मीले स्वर्ण पदकको लागि एपीएफ र नेपाल पुलिस क्लबबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।






-1762161953662.webp&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


