एजेन्सी । सबैको नजर यतिबेला नेयमारमा छ । बार्सिलोनाका पुर्व स्टार तथा पीएजसीको खेलाडी नेयमारसंग ब्राजिलको ठुलो अपेक्षा छ । तर, एक खेलाडी जसले नेयमारमय ब्राजिलबाट आफ्नो बेग्लै अस्तित्व बनाउन खोजिरहेका छन् ।
ती हुन्, काउटिन्हो । जो इङ्लिस क्लब लिभरपुल हुँदै भर्खरै मात्र नेयमारको पुर्व क्लब बार्सिलोना पुगेका छन् ।
ब्राजिली प्रशिक्षक टिटेका मन पसन्द खेलाडी हुन, ग्याब्रियल जिसस । सेन्टर फरवार्डमा कमजोर देखिएको ब्राजिली अभावलाई उनैले पुर्ती गरिरहेका छन् । तर, प्रशिक्षक टिटेलाई सबै भन्दा धेरै भर नेयमार र काउटिन्होमा छ । उनी सार्वजनीक रुपमा समेत यसलाई स्विकार गर्छन् ।
मेक्सिकोविरुद्ध नकआउट चरणमा भिड्दै गर्दा ब्राजिललाई दबाब हुनेछ । कारण, विश्वकपको नकआउट चरणबाट ठुला भनिएका र उपाधि दाबेदार टोली घर फर्किएका छन् । समूह एफको विजेताको रुपमा नकआउट चरण पुगेको ब्राजिलको गति सुस्त देखिएको छ ।
पछिल्लो तीन खेलमा नेयमारले मात्र एक गोल गरेका छन् । तर, प्रशिक्षक टिटे नेयमारको खेलबाट सन्तुष्ट छन् । लामो समयको बिश्रामपछि मैदान फर्किएका पीएसजीका स्टारले चाडै आफ्नो गति समात्ने उनको विश्वास छ । टिटे भन्छन्, ‘उनले सर्वियाविरुद्ध निकै राम्रो प्रर्दशन गरे । मैले उनलाई भनेको छु, हामीलाई थाहा छ, उनले यो स्तरमा आउन कति संघर्ष गरेका छन् ।’
मेक्सिकोले सन् २०२६ को विश्वकप अमेरिका, क्यानडासंग मिलेर संयुक्त रुपमा आयोजना गर्दैछ । सन् १९८६ मा विश्वकपको आयोजना गरेको उसले पहिलो पटक अन्तिम ८ मा स्थान बनाउने प्रयास गर्नेछ । मेक्सिको प्रशिक्षक जुवान कार्लोस ओसोरियो भन्छन्, ‘हामी बसेर प्रतिक्षा गर्ने मुडमा छैनौ । उनीहरु उचित समयमा आक्रमक खेल पस्कनेछन् । हामी सोही अनुसार रणनीति बनाएर अघि बढ्ने छौ ।’
मेक्सिकोविरुद्धको खेलमा ब्राजिलका फिलिप लुईस पहिलो रोजाईमा उत्रनेछन् । सर्वियाविरुद्धको खेलमा चोट बोेकेका मार्सेलोले आजको खेल गुमाउनेछन् । मार्सेलोले ब्राजिली अभ्यास शत्रमा सहभागि भए र बेन्चका लागि तयारी अवस्थामा रहेको जानकारी थिए । खुसीको कुरा ब्राजिलका डानिलोको चोट निको हुने अवस्थामा छ । फग्नरले उनको अनुपस्तिथीमा टोलीमा उपलब्ध हुनेछन् ।
मेक्सिकोलाई मुख्य डिफेन्डर डेक्टर मोरिनाको प्रतिबन्धले समस्यामा पार्न सक्छ । दुई पहेलो कार्डका कारण उनी ब्राजिलविरुद्धको खेलमा देखिने छैनन् ।
एकछिन इतिहासतर्फ फर्कौ, ब्राजिल र मेक्सिको यसअघि ४० पटक भिडेका छन् । जसमा आधा बढी खेलमा ब्राजिलले सफलता हात पारेको छ । मेक्सिकोविरुद्धको पछिल्ला ४ भेट ब्राजिलले जित निकालेको छ ।