एजेन्सी । विश्वकप फुटबल अन्तर्गत चौथो प्रि - क्वाटरफाइनलमा अहिले क्रोएसिया र डेनमार्कले प्रतिस्पर्धा गरिरहेका छन् ।
नोभगोरोड रंगशालामा पहिलो हाफको चौथो मिनेट मै दुई निस्केको खेलको पहिलो हाफ १ - १ गोलको बराबरीमा सकिएको छ ।
खेलको पहिलो मिनेटमा डेनमार्कले अप्रत्यासित अग्रता बनाएको थियो । पहिलो मिनेट मै जोर्गीन्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर मारियो मान्डाजुकीले चौथो मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
आजको खेलको विजेताले उपाधिकालागि आयोजक रुससंग प्रतिस्पर्धा गर्नेछ ।