एजेन्सी । विश्वकप फुटबलमा क्रोएसिया र डेनमार्कबीच प्रतिस्पर्धा चलिरहेको छ । पहिलो हाफको पहिलो मिनेटमा डेनमार्कले खेलमा अप्रत्यासित अग्रता बनाएको थियो ।
जोर्गीन्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर मारियो मान्डाजुकीले चौथो मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका छन् ।
क्रोएसियाले अर्जेन्टिनालाई पराजित गर्दै समुह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।
आजको खेलको विजेताले उपाधिकालागि आयोजक रुससंग प्रतिस्पर्धा गर्नेछ ।