एजेन्सी । रुस विश्वकप फुटबलको चौथो प्रि-क्वाटरफाइनलमा अहिले क्रोएसिया र डेनमार्कले प्रतिस्पर्धा गरिरहेको छ ।
नोभगोरोड रंगशालामा दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् । विश्वकपको क्वाटरफाइनलमा पुग्न दुवै टोलीले आफ्नो सम्पूर्ण शक्ति खर्चने छन् ।
क्रोएसिया र डेनमार्कबीचको हेड टु हेडमा दुवै बराबरीको स्थितिमा रहेका छन् । दुई टोलीले अहिलेसम्म पाँच पटक खेलेका छन् । जसमा दुई टोलीले समान दुई दुई खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।