काठमाडौं । सन् २०१० को विश्वकप विजेता स्पेन रुसमा जारी विश्वकपको प्रि- क्वाटरफाइनलबाट बाहिरिएको छ । घरेलु टोली रुसविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेन पेनाल्टी सुटआउटमा ४ – ३ ले स्तब्ध बन्यो ।
स्पेनको बहिर्गमनमा रुसका किपर इगोर एकिनफेभ नायक बने । उनले स्पेनका इयागो आस्पस र कोकेको प्रहार रोकेका थिए । यो संगै स्पेन रुस विश्वकपबाट बाहिरिने चौथो हेबिवेट राष्ट्र बन्यो । यसअघि जर्मनी, अर्जेन्टिना र पोर्चुगल घर फर्किसकेको छ ।
स्पेन विश्वकपबाट बाहिरिएपछि विश्व फुटबल बजार अहिले तातिएको छ । स्पेनको बारेमा सामाजिक संजालमा सकारात्मक तथा नकारात्मक प्रतिक्रियाहरु आउन थालेको छ । स्पेनिस टोलीका नयाँ नयाँ ट्रोलहरु आउन थालेको छ ।
विश्वकपबाट स्पेनको बहिर्गमनपछि सामाजिक संजालमा के के लेखिए ?














