बुटवल । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको विहिबार सम्पन्न खेलमा विभागिय टिम नेपाल पुलिसले जित निकालेको छ ।
देविनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा बिहिबार भएको खेलमा पुलिसले सुदुरपश्चिमलाई ३–० गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा भरत शाह, सन्तोष हेमरुन र रबि पासवानले गोल गरेका थिए ।
अर्को खेलमा कर्णाली प्रदेश र प्रदेश नं. २ ले ४–४ गोलको बराबरी खेल्दै अंक बाडेका छन ।