नवयुग र दिपकोे नायकत्वमा आर्मीको सहज जित
बिहिबार, बैशाख ५, २०७६खेलपाटी संवाददाता

बाँके । स्ट्राइकर नवयुग श्रेष्ठले दुई गोल गरेपछि त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा सहज जित निकालेको छ ।
बुधबारबाट सुरु भएको समुह ख को खेलमा आर्मीले प्रदेश नम्बर २ लाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
बुटबलमा भएको खेलमा आर्मीको जितमा नवयुग श्रेष्ठ र दिप लामाले समान दुई दुई गोल गरे । विवेक वस्नेतको नाममा एक गोल रह्यो ।
महत्वपुर्ण जित सहित आर्मीले समुह चरणमा ३ अंक जोडेको छ । समुह ख अन्तर्गत भोली नेपाल पुलिस र प्रदेश नम्बर ७ खेल्नेछन् ।
सोहि समुहको अर्को खेलमा प्रदेश नम्बर ६ र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै समुह ए मा बिहिबार नेपालगंजमा प्रदेश नम्बर ४ र प्रदेश ३ बीच प्रतिस्पर्धा हुनेछ । सोही दिन एपीएफ र प्रदेश ५ भिड्ने छन् ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


