सावित्राको ह्याट्रिकमा एपीएफको शानदार जित
बिहिबार, बैशाख ५, २०७६खेलपाटी संवाददाता

बाँके । विभागीय टिम एपीएफले आठौं राष्ट्रिय खेलकुदको महिला फुटबलमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा एपीएफले प्रदेश १ लाई ६–० गोल अन्तरले हराएको हो ।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित चार गोल गरिन् । अनिता बस्नेत र अनिता केसीको नाममा एक एक गोल रह्यो ।
अर्को खेलमा प्रदेश नम्बर २ ले प्रदेश नम्बर ७ लाई ४–० ले हरायो । प्रदेश २ को जितमा निहिता थोकरले दुई, रजिना थोकरले एक र रोशनी लिम्बुले एक गोल गरिन् ।
अर्को खेलमा पुलिसले प्रदेश ३ लाई ४–० ले हरायो । पुलिसको जितमा अमृता जैशीले दुई र निर्मला विश्वकर्माले दुई गोल गरिन् ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


