नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नं २ ले विजयी सुरुवात गरेको छन् ।
लमही क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश १ ले प्रदेश ५ लाई ७ विकेटले पराजित गर्यो । टस हारेर व्याटिङ गरेको ५ नं प्रदेश १५ दशमलव २ ओभरमा अलआउट हुदै ७० रन बनाएको थियो ।
प्रदेश ५ की सरस्वती पुनले १८, सरस्वती जिएम र लक्ष्मी चौधरीले समान १५÷१५ रन जोडे । प्रदेश १ की रश्मी शर्मा चौलागाई र सवनम राईले ४/४ विकेट लिइन् ।
७१ रनको लक्ष्य प्रदेश १ ले १४ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । प्रदेश १ का रोमा थापाले ३१ बलमा सर्वाधिक २३ रन जोड्न सफल भइन । यस्तै अप्सरी वेगम २१ वलमा १५ र काजल श्रेष्ठले १४ वलमा १२ रन जोडे ।
प्रदेश ५ की कप्तान नेरी थापाले २ विकेट लिइन ।
दोस्रो खेलमा २ नं प्रदेशले गण्डकी प्रदेशलाई ६२ रनले हरायो ।
पहिले ब्याटिङ गरेको प्रदेश नम्बर २ ले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाउन सफल भयो ।
कप्तान सरस्वती चौधरीले २६ वलमा ३१ रन जोडिन । यस्तै आरति चौधरीले १६ वल खेलेर १७ रन जोडिन ।
गण्डकी प्रदेशकी शिला रेग्मी, एलिसा लामिछाने र सामना पुनले समान २÷२ विकेट लिए ।
१ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी प्रदेशले २० ओभरमा ८ विकेटको क्षतिमा ७३ रन मात्र बनाउन सक्यो ।
उसका सृष्टि पौडेलले ४२ वलमा सर्वाधिक ३० रन, शिला रेग्मीले १८ वलमा १४ रन जोडिन । प्रदेश नम्बर २ कि सरस्वती चौधरीले ४ विकेट लिइन् ।