काठमाडौं । वल्र्ड टेबलटेनिस च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
हंगेरीको बुढापेष्टमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट ३ महिला र ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल २१ देखि २८ सम्म संचालन हुने च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ स्यान्टु श्रेष्ठ, बिनेश खनिया र सुनिल श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ नविता श्रेष्ठ, दिक्षा तामाङ र स्वेच्छा नेम्बाङले प्रतिस्पर्धा गर्ने छिन् ।
च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार विदाई गरिएको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको भवनमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली टोलीको विदाई गरे ।
च्याम्पियनसिपका लागि नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य, उपाध्यक्ष धर्ममान बज्राचार्य पनि हंगेरी जानेछन् ।