टेबलटेनिसमा श्यान्टु र नविताको जोडीलाई स्वर्ण
शुक्रबार, २९ चैत्र २०७५खेलपाटी संवाददाता

नेपालगञ्ज । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत टेबलटेनिसको मिक्स डबल्समा श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडीले स्वर्ण जितेको छ ।
शुक्रबार भएको फाइनलमा पुलिसका श्यान्टु र नविताको जोडीले पुलिसकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे ।
एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा आर्मीका बोधित डिसी र दीक्षा तामाङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।












-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)
