घोराही । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा तीन विभागीय टिम प्रहरी, एपीएफ र आर्मीले बिहीबार विजयी सुरुवात गरेका छन् ।
प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश ५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गरे । घोराहीको सालघारीमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सुदूर प्रदेशले प्रदेश २ लाई ६५–२१ ले हरायो ।
पुरुषतर्फ १० टिमलाई २ समूहमा राखेर लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । १५ औं महिला राष्ट्रिय बास्केटबल भने चैत ३० गतेदेखि मात्र सुरु हुनेछ । महिलामा ८ टिम सहभागी छन् ।