बुटवल । आठौं राष्ट्रिय प्रतियोगिता २०७५ अन्तरगत बुटवलमा जारी लन टेनिस खेलमा शुक्रबार दुई स्वर्णको टुगो लागेको छ ।
देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको टिम ईभेन्ट तर्फको खेलमा त्रिभुवन आर्मी र शस्त्र प्रहरी बलको एपीएफ क्लबले १–१ स्वर्ण हात पारेका छन् ।
टिम ईभेन्टतर्फको महिलामा आर्मी र पुरुषमा एपीएफले स्वर्ण जितेका हुन् ।
पुरुष टिम ईभेन्टमा शसस्त्र प्रहरी एपीएफले नेपाली सेनलाई ३–० ले सेटमा पराजित गर्दै स्वर्ण जितेको छन । नेपाली सेना दोस्रो हुदै रजत पदकमा चित्त बुझाएको छ भने प्रदेश नं.४ र एनआरएनको टिम तृतिय हुदै कास्य पदक पाएको छ । यसैगरि महिला टिम ईभेन्टतर्फ नेपाली सेनाले शसस्त्र प्रहरी बलको एपीएफलाई २–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । एपीएफ क्लब रजत पदकमा चित्त बुझाएको छ । प्रतियोगितामा प्रदेश नं. ३ र प्रदेश न ४ तृतिय हुदै कास्य पदकमा चित्त बुझाएको छ ।
यसैगरि विहिबार खुल्ला इभेन्टतर्फ खेलहरु सम्पन्न भएका छन । खुल्लाको मेन्स सिगलमा भिष्म काउचाले सन्जय श्रेष्ठलाई ७–५, ६–३, ७–६ पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेको छ । यसैगरि संरक्षकभुषण बज्राचार्यले दावा सोनाम शेर्पालाई ६–३, ६–१ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । यसैगरि नबिन मगरले ईवेक जोशीलाई ६–१, ६–१ सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । अर्को खेलमा संम्यक भुषण बज्राचार्यले निशान्त श्रेष्ठलाई ६–०, ६–० को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।
विहिबार नै भएको महिला सिगलमा पे्ररणा कोइरालाले एनी माथेमालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन । यसैगरि रायना शाहले श्रीया भट्टराईलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन ।
यसैगरि विहिबार नै भएको मेन्स डबल्सतर्फको खेलमा राम बहादुर बिक र शेषमणी चौधरीको जोडीले निशान्त श्रेष्ठ र कुमार जिसीको जोडीलाई ७–५, ६–३, १०–६ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका छन । यसैगरि चन्द्र थापा र विकास खड्काको जोडीले कृष्ण गोबिन्द र शिवराम मगरको जोडीलाई ६–१, ६–१ ले सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । यसैगरि संरक्षक भुषण बज्राचार्य र अमृत पौडेलको जोडीले भिष्म काउचा र संजय श्रेष्ठको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।
यसैगरि मिक्स डबल्सतर्फको खेलमा अनिल शाही र गंगा शर्माको जोडीले आत्माराम कार्की र ईन्द्रकला श्रेष्ठको जोडीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरका छन । प्रणव खनाल र अभिलाष विष्टको जोडीले गोबिन्द नेपाली र विमला बस्यालको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । यसैगरि आईभन लिसानोभिच र अस्लेशा लिसानोबिचको जोडीले निशान्त श्रेष्ठ र अल्सा रेग्मी ६–३, ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका छन ।
राष्ट्रिय प्रतियोगिता अन्तरगत रुपन्देहीमा पुरुष र महिला गरि मेन्स सिगल, मेन्स डबल्स, वुमन सिगल, वुमन डबल्स, मिक्स डबल्स, टिम ईभेन्ट गरि सात वटा स्वर्ण पदकका लागि प्रतिस्प्रर्धा भैरहेको छ । प्रतियोगितामा प्रदेश ३, ४, ५, नेपाली सेना, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र एनआरएनका २८ पुरुष र १५ महिला खेलाडीहरु सहभागि रहेका छन । प्रतियोगिता बैशाख २ गतेसम्म चल्ने छ ।