काठमाडौं । विश्व तेक्वान्दोको तत्वाधान युके स्पोर्ट्स र ग्रेट ब्रिटेन तेक्वान्दोको सहयोगमा तेक्वान्दो ट्रेनिङ शिविर सम्पन्न भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा एक कार्यक्रमकाबीच शुक्रबारबाट क्याम्प सम्पन्न भएको हो ।
पाँच दिन संचालन भएको क्याम्पमा ५० जना खेलाडीहरु सहभागी भएका थिए । प्रशिक्षणमा तीन विभागीय टिम आर्मी,प्रहरी,एपीएएफ, सातै प्रदेश, केन्द्रसहित पारा खेलाडीको सहभागिता रहेको थियो ।
क्याम्पमा युके स्पोर्ट्सकी अध्यक्ष एवं ओलम्पिकको रोविङमा ४ पटककी स्वर्ण विजेता डेम क्याथ्रिन ग्रेन्गर र विश्व तेक्वान्दो प्रतियोगिताका स्वर्ण पदक विजेता सारा स्टेपहेनसन जेन्निङ्सले प्रशिक्षण गराएका थिए ।
क्याम्पमा सहभागी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष एवं पूर्व प्रहरी माहानिरिक्षक धुव्र बहादुर प्रधानले प्रमाणपत्र वितरण गरेका थिए ।