बार्टीलाई मियामी ओपनको उपाधि
आइतबार, १७ चैत्र २०७५खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलियाकी एश्लेई बार्टीले मियामी ओपन टेनिसको उपाधि हात पारेकी छिन् ।
शनिबार राति भएको फाइनलमा पुर्व विश्व नम्बर एक कारोलिना प्लिसकोभालाई हराएर उपाधि जितेकी हुन् ।
फ्लोरिडामा उपाधि क्रममा बार्टीले कारोलिनालाई ७-६ (७-१) र ६-३ को सेटमा पाखा लगाईन् । यो उपाधिसंगै २२ बर्षे बार्टी टेनिसको विश्व वरियताको शीर्ष १० भित्र प्रवेश गरेकी छिन् ।
पुरुषतर्फको फाइनलमा रोजर फेडेरर र जोन इश्नरले प्रतिस्पर्धा गर्ने छन् ।








-1771251202949.avif&w=3840&q=75)





%20(1)-1771145193825.jpeg&w=3840&q=75)
