काठमाडौं । ट्राईथोलनका नेपाली निर्णायक धनेश्वर प्रजापति इन्डोनेसियामा हुने १८ औं एसियन गेम्सको निर्णायक चुनिएका छन् । प्रजापति इन्डोनेसियाको जकार्तामा आगामी भाद्र २ देखि १७ गते सम्म आयोजना हुने एसियन गेम्स अन्तर्गतको ट्राईथोलन प्रतियोगिताको निर्णायक चयन भएका हुन् ।
निर्णायक प्रजापतिलाई एसियन ट्राईथलन महासंघले एसियन खेलकुद अन्तर्गत हुने ट्राईथलन प्रतियोगिताका लागि निर्णायकमा चयन गरेको नेपाल ट्राईथलन संघले जनाएको छ ।
विभिन्न अन्तराष्ट्रिय ट्राईथलन प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसकेका प्रजापति लेभल २ कोर्ष गर्ने पहिलो नेपाली निर्णायक हुन् । हाल नेपालमा ५ अन्तराष्ट्रिय निर्णायक सहित ३२ राष्ट्रिय निर्णायक रहेका छन् । छोटो समयमानै अन्तराष्ट्रि खेलक्षेत्रमा आफ्नो पहिचान राख्न सफल ट्राईथलनबाट एशियाली खेलको लागि निर्णायक चयन भएको प्रजापति पहिलो निर्णायक हुन् ।
छोटो समयमानै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल भईसकेको ट्राईथलन खेलले भारतको गुहाटीमा भएको दक्षिण एशियाली खेलमा पहिलो सहभागितामानै एक रजत र एक कास्य पदक प्राप्त गर्न सफल भईसकेको छ ।