जोकोभिच मियामी ओपनबाट बाहिरिए
बुधबार, १३ चैत्र २०७५खेलपाटी संवाददाता

एजेन्सी । शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच मियामी ओपन टेनिसबाट बाहिरिएका छन् ।
बुधबार भएको खेलमा स्पेनिस रोबर्टो बटिस्टासंग पराजित हुँदै जोकोभिच चौथो चरणबाट बाहिरिएका हुन् ।
फ्लोरिडामा ६ पटकको च्याम्पियन जोकोभिच बटिस्टासंग १-६, ७-५ र ७-६ (७-२) को सेटमा पराजित भए । यसअघि जोकोभिच गत जनवरीमा कतार ओपनमा पनि बटिस्टासंग पराजित भएका थिए ।
अब बटिस्टाले अमेरिकन खेलाडी जोन इस्नरसंग खेल्ने छन् ।





-1776255486335.jpeg&w=3840&q=75)




-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

