काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भिआइपी प्याराफिट जडानको काम सुरु भएको छ । सोमबार बेलुका नेपालगञ्ज आईपुगेको सो प्याराफिटको मंगलबार बिहानैबाट जडानको काम सुरु भएको हो ।
प्याराफिट जोड्ने काम एक हप्तामा सम्पन्न गरि सक्ने बताईएको छ ।
चीनको निर्माण भएको प्याराफिट जडानको काम चाइनिज इन्जिनियरले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।
चाइनिज इन्जिनियरले भिआइपी प्यारापिट जडानको काम गरिरहेको बताउँदै उनले दिन रात गरेर काम चाँडै सक्ने जानकारी दिए ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले भिआइपी प्याराफिट निर्माणमा चाहिने आवश्यक जनशक्ति र सामग्री इन्जिनियरलाई उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिएका छन् ।