हालेप क्वाटरफाइनलमा
मंगलबार, १२ चैत्र २०७५खेलपाटी संवाददाता

एजेन्सी । रोमानियाकी सिमोना हालेप मियामी ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
मंगलबार बिहान भएको चौथो चरणमा अमेरिकी खेलाडी भेनस विलियम्सलाई पराजित गर्दै हालेपले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।
फ्लोरिडामा भएको खेलमा हालेपले विलियम्सलाई ६-३ र ६-३ को सेटमा पराजित गरिन् । अब हालेपले चिनिया खेलाडी वाङ क्वाङसंग खेल्ने छिन् ।
पुरुषतर्फ स्विस खेलाडी रोजर फेडेरर चौंथो चरणमा प्रवेश गरेका छन् । फेडेररले सर्बिया फिलिप क्रजिनोभिकलाई ७-५ र ६-३ को सेटमा पराजित गरे ।
अब फेडेररले रुसका देनिल मेदवेदेभसंग खेल्ने छन् ।





-1776255486335.jpeg&w=3840&q=75)




-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

