हालेप मियामी ओपनको चौथो चरणमा
सोमबार, ११ चैत्र २०७५खेलपाटी संवाददाता

एजेन्सी । रोमानियाकी सिमोना हालेप मियामी ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् ।
आइतबार राति भएको खेलमा सोल्भानियाकी पोलोना हेर्कोगलाई पराजित गर्दै हालेपले चौथो चरणमा स्थान बनाएकी हुन् ।
फ्लोरिडामा भएको खेलमा हालेपले हेर्कोगलाई ५-७,७-६(७-१) र ६-२ को सेटमा पराजित गरिन् । यो जितसंगै हालेप विश्व नम्बरको नजिक समेत पुगेकी छिन् ।
अब हालेपले ७ पटकको ग्राण्डस्लाम विजेता भेनस विलियम्ससंग खेल्ने छिन् । भेनसले डारिया कासात्किनालाई पराजित गरेकी थिईन् ।





-1776255486335.jpeg&w=3840&q=75)




-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

