काठमाडौं । कतार फुटबल संघका अध्यक्ष हमाम विन खालिफा विन अहमेद अल थानी नेपाल आउने भएका छन् । एएफसीको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति नजिकिदै गर्दा कतार फुटबल संघका अध्यक्ष थानी नेपाल आउन लागेका हुन् ।
उनी आज बेलुकासम्म नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । थानीको नेपाल भ्रमणको सम्पुर्ण तालिका नेपालस्थित कतारी दुतावासले मिलाएको छ । नेपाल भ्रमणको क्रममा उनले एन्फा नेतृत्वसंग समेत भेट्ने कार्यक्रम रहेको छ । उनी नीजि विमानमार्फत नेपाल आउन लागेका हुन् ।
थानीसंगको भेटको समय र स्थान बेलुकामात्र टुङ्गो लाग्ने एन्फाको भनाई छ ।
एएफसीको नयाँ निर्वाचनको मिति नजिकिदै गर्दा थानीको नेपाल भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
एएफसीको नयाँ नेतृत्वको निर्वाचनमा कतारका उपाध्यक्ष साउद ए अजिज एम ए अल मोहननादीले उम्मेद्वारी दिएका छन् । उनीसंगै वर्तमान अध्यक्ष शेख सलमान विन ईब्राहिम अल ईब्राहिम र युएईका मोहमद काफलन मटर सईद अलरोमिथ चुनावी प्रतिस्पर्धामा छन् ।
यसअघि एएफसीमा अध्यक्ष तथा बहराईनमा अध्यक्ष शेख सलमानले केही महिना अघि नेपालको भ्रमण गरेका थिए ।
नयाँ नेतृत्वको लागि एएफसीको साधारण सभा मलेसियाको क्वलालाम्पुरमा अप्रिल ६ मा बस्दैछ ।