सेरेनाद्वारा मियामी ओपनबाट नाम फिर्ता
आइतबार, चैत १०, २०७५खेलपाटी संवाददाता

एजेन्सी । आठ पटकको च्याम्पियन सेरेना विलियम्सले मियामी ओपन टेनिसबाट नाम फिर्ता लिएकी छिन् ।
घुँडाको चोटका कारण सेरेनाले तेस्रो चरणको खेल अघि नाम फिर्ता लिएकी हुन् ।
अमेरिकी सेरेनाले शुक्रबार स्विडेनकी रेबिक्का पिटरसनलाई हराएर तेस्रो चरणमा प्रवेश गर्दा घुँडाको चोट बोकेकी थिईन् ।
२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले तेस्रो चरणमा चिनियाँ खेलाडी वाङ क्वाङसंग खेल्ने तालिका रहेको थियो ।
यस्तै महिलातर्फ शीर्ष वरियताकी नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छिन् । ओसाकालाई चाईनिज ताइपेकी सु युईले पराजित गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)








