काठमाडौं । प्रदेश नम्बर पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदमा विभिन्न खेलका २४ एनआरएन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
गैर आवसीय नेपाली संघ (एनआरएन) ले आइतबार पत्रकार सम्मेलन गर्दै आठौं राष्ट्रिय खेलकुदमा विभिन्न ७ राष्ट्रबाट ९ खेलमा २४ खेलाडीले सहभागिता जनाउने जनाएको छ ।
आठौंमा अमेरिका, युएई, मलेसिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी ७ राष्ट्रका एनआरएन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आठौंमा कराते, तेक्वान्दो, जुडो,ब्याडमिन्टन,लन टेनिस, टेबल टेनिस,गल्फ,म्याराथन र बक्सिङमा प्रतिस्पर्धा गर्ने एनआरएनले जनाएको छ ।
आठौंमा एसियन गेम्समा कास्य विजेता करातेकी विमला तामाङ लगायतले प्रतिस्पर्धा गर्ने छन् । एनआरएनबाट सर्वाधिक खेलाडी करातेबाट रहेका छन् ।
पहिलो पटक राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीले सहभागिता जनाउन लागेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टले आठौंमा एनआरएन खेलाडीको सहभागिताका लागि फागुनमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सुविधाको हकमा नेपालमा रहँदा प्रतियोगिता अवधिभर अन्य खेलाडीलाई दिने सुविधा सरह एनआरएन खेलाडीलाई उपलब्ध गराइने छ । सम्बन्धित देशबाट आउने–जाने खर्च राखेपले व्यहोर्ने छैन ।
आठौं राष्ट्रिय खेलकुद चैत अन्तिम साताबाट हुने बताईएको भएपनि मिति तोकिएको छैन । राखेपले केहि दिनमा मिति घोषणा गर्ने जनाएको छ ।
आठौंमा प्रतिस्पर्धा गर्ने एनआरएन खेलाडी को को ?
कराते -
कुमुते पुरुष :
विजय तामाङ (५० केजी मुनि)
लक्ष्मण मगर (५५ केजी मुनि )
उत्तम गुरुङ (६० केजी मुनि)
नन बहादुर थापा (६५ केजी मुनि)
जनक सिंह खड्का (७५ केजी मुनि)
नोर्बु तामाङ (८४ केजी मुनि)
लोक मान सिंह श्रेष्ठ (८४ केजी माथि)
टिम कुमुते : कुमार भुसाल,लोक बहादुर श्रेष्ठ,राम बहादुर तामाङ,जनक सिंह खड्का,लोक मान सिंह श्रेष्ठ
महिला कुमुते : शान्ति देवी अधिकारी (६८ केजी मुनि)
कराते काता : विमला तामाङ
फुल कन्ट्याक्ट कराते : अविरल घिमिरे (७० केजी)
जुडो :
मोहन बम (६० केजी)
बक्सिङ :
प्रचण्ड केसी (५६ केजी)
टेनिस :
एकल : अमृत पौडेल,सरक्षक बज्राचार्य
युगल : अमृत पौडेल,सरक्षक बज्राचार्य
गल्फ :
लप कुमार गुरुङ (एकल) \
ब्याडमिन्टन :
बिक्की बुढा, सुर्य गिरि,हिरालाल श्रेष्ठ (एकल) / सुर्य गिरि,हिरालाल श्रेष्ठ (युगल)
एथ्लेटिक्स :
नारी चन्द (फुल म्याराथन)
तेक्वान्दो :
नविन श्रेष्ठ (६८ केजी मुनि), पुष्प थापा मगर (६७ केजी)