एजेन्सी । अष्ट्रेलियाका डोमिनिक थिमले इण्डियन वेल्स मास्टर्स टेनिसको उपाधि जितेका छन् । सोमबार बिहान भएको फाइनलमा स्विस खेलाडी रोजर फेडेररलाई हराउँदै डोमिनिकले उपाधि जितेका हुन् ।
अमेरिकाको क्यालिफोर्नियामा सातौं वरियताका डोमिनिकले तेस्रो वरियताका फेडेररलाई ३-६, ६-३ र ७-५ को सेटमा पराजित गरे । फाइनलमा पराजित भएसंगै २० पटकको ग्राण्डस्लाम फेडेरर कीर्तिमानी सातौं पटक उपाधि जित्नबाट बन्चित भएको छ ।
यो उपाधिसंगै डोमिनिक नयाँ वरियताको चौथो स्थानमा उक्लने पक्का भएको छ ।
महिलातर्फको उपाधि बियान्का आन्द्रेस्कुले जितिन् । आन्द्रेस्कुले तीन ग्राण्डस्लाम विजेता एञ्जलिक केर्बेरलाई पराजित गरिन् ।
१८ बर्षीय क्यानडीएन आन्द्रेस्कुले जर्मनीका केर्बेरलाई ६-४,३-६ र ६-४ को सेटमा पाखा लगाउँदै उपाधि जितिन् ।