नाडालद्वारा खेल त्याग, फेडेरर फाइनलमा
आइतबार, ०३ चैत्र २०७५खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर इण्डियन वेल्स मास्टर्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा सेमिफाइनल प्रतिद्वन्दी स्पेनिस राफायल नाडालबाट वाक ओभर पाउँदै फेडेरर उपाधि नजिक पुगेका हुन् ।
क्वाटरफाइनलको दौरान बोकेको चोटको कारण नाडालले सेमिफाइनल खेल त्यागेपछि फेडेररले फाइनलमा स्थान बनाएका हुन् ।
रुसका कारिन काचानोभविरुद्ध जित निकाल्दा नाडालले घुँडाको चोट बोकेका थिए । उक्त चोटको कारण नाडालले सेमिफाइनल खेलबाट नाम फिर्ता लिएका हुन् ।
अब २० पटकको ग्राण्डस्लाम बिजेता फेडेररले डोमिनिक थिमसंग खेल्ने छन् । डोमिनिकले क्यानडाका मिलोस रावनिकलाई ७-६(७-३),६-७(३-७) र ६-४ को सेटमा हराएका थिए ।









-1771251202949.avif&w=3840&q=75)





%20(1)-1771145193825.jpeg&w=3840&q=75)
