काठमाडौं । नेपाली अन्तराष्ट्रिय म्याराथन धावक सन्तोष राई सम्मानित भएका छन् । सेलिब्रेटी समाज नेपालले शनिबार धावक राईलाई सम्मान गरेको हो ।
अन्तराष्ट्रिय स्तरमा नेपालको नाम राख्न सफल राईको हौसला बढाउन र धरानमा हरेक वर्ष हुने धरान रनमा उनले पुर्राएको योगदानको कदर गर्दै समाजले सम्मान गरेको हो । राईलाई कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व ओलम्पियन खेलाडी मुकुन्द हरी श्रेष्ठले कदर पत्रले सम्मान गरे ।
सम्मानपछि बोल्दै राईले ‘हेल्थ इज वेल्थ’ भन्ने कुरालाई आत्मसात गर्दै यस क्षेत्रमा आएको बताए ।
राई धरानमा हरेक बर्ष आयोजना हुने धरान रनका संस्थापक हुन् ।
यस्तै समाजका संस्थापक तथा चलचित्र निर्माता ज्योतिराज राईले खेलाडी राईलाई सम्मान गर्दाको पल अविश्मरणीय रहेको बताए ।